प्रदेशअनुसार मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड

काठमाडौं, ६ माघ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । आजको नेपाल समाचारमा खबर छ ।

विगतमा अञ्चलको नाममा रहेको मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समूह’ र ‘प’ राखिन्थ्यो ।  निजी गाडीमा भने अन्तिममा ‘च’ सरकारीमा ‘झ’ ट्याक्टरमा ‘त’ र सार्वजनिक गाडीमा ‘ख’ राख्ने गरिएको छ ।

You might also like

Comments are closed.