प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने गरी लेउवासंघको पञ्च वर्षीय योजना

धम्पुस । समग्र गण्डकी प्रदेश कै आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने गरि लेखनाथ उद्योग वाणिज्य संघले पञ्च वर्षीय भावि योजना तयार गरेको छ । व्यावसायिक हकहितका सवालमा आवाज उठाउँदै अबको पाँच वर्षमा संघले अवलम्वन गर्ने नीति तथा कार्ययोजना तयार गर्न कास्कीको पर्यटकीय गाउँ धम्पुसमा भएको दुई दिनसम्म चलेको कार्य योजना तर्जुमा गेष्ठीले पाँच वर्षीय योजनालाई अगाडि सारेको हो ।

उद्योग धन्दा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले अगाडि सारेको लगानीमैत्री वातावरणलाई सहयोग पुग्ने गरि संघले स्थानीय स्रोत र साधनको भरपुर उपयोग गर्दै विषेश गरी कृषि र पर्यटनमा आधारित उद्योग धन्दा स्थापनामा सहजीकरण गर्ने निधो गरिएको हो ।

गोष्ठीले अबको पाँच वर्षमा संघले व्यवसायी हकहितका सवालमा के गर्न सकिन्छ, कसरी बाह्य लगानी कर्तालाई लेखनाथ नगर क्षेत्रमा आकर्षण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरि भौतिक पुर्वाधार, व्यवसायीको क्षमता अभिबृद्धि र कसरी आर्थिक क्षेत्रको पहिचान गर्न सकिन्छ भन्ने बारेमा पाँच वर्षीय नीतिगत योजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको हो ।

कार्यक्रममा अर्थ विश्लेशक प्रतीक प्रधानले कार्यपत्र प्रस्तुत गर्दै हामीले कल्पना गरेको सुखि नेपाली समिद्ध नेपाल कसरी बनाउन सकिन्छ भन्ने वारेमा आम उद्योगी व्यवसायीहरु चिन्तनशील हुनुपर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले राष्ट्रको अर्थतन्त्रलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने वारेमा जति व्यवसायीहरु चिन्तनशील छन् सोही अनुरुप सरकारले पनि स्पष्ट नीतिका साथ अगाडि बढ्ने हो भने हामीले कल्पना गरेको नयाँ नेपाल बनाउन समय नलाग्ने विश्वास दिलाएका थिए ।

लेखाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षता भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघले व्यवसायीका समस्यहरुको पहिचान गरी ती समस्यालाई सरकार समक्ष पु¥याउन मध्यस्थको काम गरेको बताएका थिए ।

संघका महासचिव गोपि चन्द्र वास्तोलाले सञ्चालन गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमितिका पदाधिकरी र विभिन्न उप समितिका संयोजकहरुको सहभागिता थियो ।

You might also like

Comments are closed.