प्रदेशको शान्ती सुरक्षाको लागि बिशेष योजना आउछ ः मन्त्री चुमान

तनहुँ, ९ फागुन ।
प्रदेश नं ४ का आन्तरीक मामला तथा कानुनमन्त्री हरि बहादुर चुमानले जनताले शान्ती सुरक्षा र कानुनी सासनको अनुभुति हुने गरि बिषेश योजना र्निमाणमा आफु लागीरहेको बताएका छन् ।

गृहजिल्ला तनहुँको ब्यास नगरपालिका १२ छिरकनमा रहेको अमरज्योति माध्यामिक बिद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उनले मुलुकमा अहिले संघियताको बिषयमा चलेका सबैखाले चर्चालाई पनि मध्येनजर गर्दै जनताको सरकार घर आँगनमा सजिलै पुग्न सक्ने ब्यबस्था र्निमाण तिर ध्यान केन्द्रीत रहेको बताए । पहिलो पटक प्रदेश सरकार र स्थानिय सरकारको अभ्यासमा रहेकाले केही कानुन र निति र्निमाणका लागि समय खर्चनु पर्ने बाध्यता आफु संग रहेको उनको भनाई थियो । केन्द्रीकृत सासन प्रणाली बाट संघियताको मोडलमा जाँदा स्वभाबिक रुपमा केही अन्यौलता जस्तो देखिएपनि बिस्तारै सहजतातर्फ जाने र परिणाम निस्कने उनको बिस्वास छ । अहिलेका न्याय सम्पादन प्रणालीमा पनि सुधार आबस्यक रहेको मन्त्री चुमानले बताए । न्याय सर्बसाधारणको सहज पहुँच र दण्डहिनताको अन्त्यका लागि मन्त्रालय कठिबद्ध भएको उनले दावि गरे ।

भर्खरै बसेको प्रदेश मन्त्री परिषदको बैठकबाट प्रदेशमा आबस्यक पर्ने कानुन र्निमाणको लागि आफ्नो नेतृत्वमा मयौदा समिति बनीसकेको र समितिले काम सुरु गरिसकेको उनले जानकारी दिए । कानुन र्निमाण पछि जनताले प्रत्यक्ष अनुभुति हुने गरि जनपक्षिय कामहरु हुदै जाने कुरामा बिस्वस्त रहन मन्त्री चुमानले आग्रह गरे । सो अबसरमा उनले बिद्यालयको नवर्निर्मित १२ कोठे भवनको पनि उदघाटन गरे । शिक्षा मन्त्रालय र स्थानियकोे जनश्रमदान बाट करिब ७० करोडको लागतमा उक्त भबन र्निमाण भएको बिद्यालयका प्रधानध्यापक अम्विका पाण्डेले जानकारी दिईन ।

You might also like

Comments are closed.