प्रदेशले जिल्लाका क्यानहरुसँग सहकार्य गर्छ : चिन्तामणि बास्तोला

चिन्तामणि बास्तोला
अध्यक्ष
क्यान महासंघ, प्रदेश नम्बर चार

क्यान प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएको छ । क्यान प्रदेशले केके गतिविधि गर्छ ?
हालै सम्पन्न भएको क्यान महासंघ नेपालको २४औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले मलाई प्रदेश नम्बर ४ को अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएको छ । देश संघीय मोडलबाट अगाडि बढिरहेको अवस्थामा क्यानलाई पनि सोही अबधारणा अनुसार समितिहरु बनाइएको छ । अब मेरो जिम्मेवारी प्रदेशका सबै जिल्लासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने नै हुनेछ । प्रदेश ४ अन्तर्गत सात वटा जिल्लामा क्यानको शाखा छ भने बाँकी चार वटा जिल्लामा पहल भइरहेको छ । जिल्लाले गर्ने गतिविधिहरुका सहयोग गर्दै अगाडि बढ्नेछौं । जिल्लाहरुसँग सहकार्य गरी वार्षिक क्यालेन्डर बनाएर अगाडि बढ्ने योजना छ । सूचना तथा प्रविधिको विकासका क्षेत्रमा हामी निरन्तर सक्रिय भएर लाग्नेछौं ।

क्यान कास्कीले वर्षेनी इन्फोटेक गर्दैछ । इन्फोटेक आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई एउटै थलोभित्र प्रदर्शनी गर्नका लागि इन्फोटेकको विशेष महत्व छ । इन्फोटेकमा आइटीका विद्यार्थीले निर्माण गरेका सामानको प्रदर्शनी हुनेछ । आइटीका नयाँ नयाँ उत्पादनको बारेमा एकै ठाउँमा जानकारी दिने उद्देश्यले नै हामीले मेलाको आयोजना गरेका हौं । सर्वसाधारण तथा विद्यार्थीले विभिन्न उत्पादन तथा सामानको बारेमा जानकारी एकै ठाउँमा लिन पाउनुहुनेछ ।

तपाईं सञ्चालक रहेको कञ्चन कम्प्युटर सेवाले इन्फोटेकमा नयाँ के प्रविधि भित्र्याउँदैछ ?
कञ्चन कम्प्युटरले सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउँदै आइरहेको छ । बिगतमा जस्तै यसपटक इन्फोटेककै अवसरमा हामीले युभी प्रिन्टर भित्र्याउँदैछौं । यो प्रिन्टर प्रदेशमै पहिलो पटक हामीले भित्र्याउन लागेका हौं । जुन प्रिन्टरले कुनै पनि सेप तथा साइजमा रंगिन प्रिन्ट गर्न सकिनेछ । जस्तोसुकै आकार तथा साइजमा प्रिन्ट गर्न सकिने यो प्रविधिले प्रिन्टिङ क्षेत्रका लागि नयाँ आयाम थपिनेछ । यो सेवा लिन राजधानी काठमाडौं जानुपर्ने बाध्यता पनि हामीले हटाउन सफल भएका छौं । बिगतमा पनि २०६१ सालमा हामीले पहिलो पटक फ्याक्स पिन्ट पोखरा भित्र्याएका थियौं । यसरी समय समयमा हामीले नविनतम प्रिन्टिङ टेक्नोलोजीलाई भित्र्याउन सफल छौं ।

You might also like

Comments are closed.