प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका अधिकारीलाई

आर्थिक आवाज
पोखरा, २३ फागुन । प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका तारादेवि अधिकारीले जितेकी छन् । पोखरामा जारी क्यान इन्फोटेकको अवसरमा आयोजित प्रतियोगितामा तनहुँका विकल श्रेष्ठ द्वितीय र नवलपुरका सागर भुसााल तृतीय भए ।

बिहीबारै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा तारादेवि अधिकारी प्रथम, सोनिया पोखरेल द्वितीय र सुजन मजाकोटी तृतीय भए । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, क्यान कास्कीका सचिव विकास भुर्तेल निर्णायक दीपकराज गिरी, कार्यक्रम संयोजक महेन्द्र भुर्तेल लगायतले बोलेका थिए ।

पुरस्कारको प्रायोजन जेनेक्स अटोमेशन प्रा.लि.ले गरेको थियो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन २० गते सुरु इन्फोटेक शनिबारसम्म चल्नेछ । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.