प्रदेश उद्योग वाणिज्य संघमा दुई सदस्य मनोनित

पोखरा, २७ पुस । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को कार्यसमितिमा दुई सदस्य थप गरिएको छ । प्रदेश महासंघका अध्यक्ष संजिवबहादुर कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेश महासंघको सदस्यहरुमा गैंडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लीलाबहादुर अधिकारी र महिला सदस्यमा महिला सीप विकास केन्द्र प्रालिकी निर्देशक रामकली खड्कालाई मनोनित गरेको हो ।

प्रदेश महासंघको विधानमा कार्यसमितिमा महिला सदस्य हुनै पर्ने प्रावधान रहेको छ । यसैगरी सो बैठकले प्रदेश महासंघका गतिविधीहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय गर्दै प्रदेशको सम्वृद्धिको लागि निजी क्षेत्रको तर्फंबाट सक्दो पहल गर्ने निर्णय समेत गरेको छ ।

You might also like

Comments are closed.