प्रदेश पर्यटकीय गन्तव्यमा म्याग्दीका १० ठाउँ

 

पोखरा, ८ फागुन

गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमा म्याग्दीका १० ठाउँ पर्ने भएका छन् । संघ सरकारले एक सय पर्यटकीय गन्तव्य घोषणा गर्ने परम्परालाई पछ्याउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाउने अवसरमा घोषणा गर्न लागेको एक सय पर्यटकीय गन्तव्यमा म्याग्दीका १० ठाउँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएका हुन् ।

म्याग्दी जिल्लाको पर्यटकीय गन्तव्यको पहिलो नम्बरमा गलेश्वरधामलाई राखिएको छ । त्यस्तै पुलस्त्याश्रम जगन्नाथलाई दोश्रो, पुला ढोलठाना र टोड्के धुरीलाई तेश्रो, धवलागिरी बेसक्याम्पलाई चौथो र धवलागिरी आइसफल र हिमाललाई पर्यटकीय गन्तव्यको रुपमा समावेश गरेको छ ।

त्यस्तै, म्याग्दीको पर्यटकीय गन्तव्यको छैटौं नम्बरमा पुनहिल र घोरेपानी, सातौं नम्बरमा मालिका धुरी, आठौं नम्बरमा रुप्से छहरा र अन्ध गल्छी, नवौं नम्बरमा सिंगा तातोपानी र दशौं नम्बरमा खोप्रालाई पर्यटकीय गन्तव्यमा समेटेको छ ।

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षलाई सघाऊ पु¥याउने उद्धेश्यले पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी अनुरुप कास्कीका ठाउँहरुलाई पनि पर्यटकीय गन्तव्यमा समेटेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । उनले पर्यटकीय गन्तव्य घोषणा गरेर त्यसको प्रचारप्रसार गरिने जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख प्रमुख गन्तव्यहरुलाई समेटेर एक सय वटा पर्यटकीय गन्तव्य समावेश गरिएको मन्त्री लम्सालले प्रष्ट्याए ।

गण्डकी प्रदेश सरकारले कास्कीको १०, म्याग्दीको १०, मनाङको ९, मुस्ताङको १०, तनहुँको १०, गोर्खाको १२, नवलपरासीको ९, बागलुङको ११, पर्वतको ११, स्याङ्जाको ११ र लमजुङको १० ठाउँलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ ।

You might also like

Comments are closed.