प्रदेश पर्यटकीय गन्तव्यमा मनाङका ९ ठाउँ

 

पोखरा, ८ फागुन

गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमा मनाङका ९ ठाउँ पर्ने भएका छन् । संघ सरकारले एक सय पर्यटकीय गन्तव्य घोषणा गर्ने परम्परालाई पछ्याउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाउने अवसरमा घोषणा गर्न लागेको एक सय पर्यटकीय गन्तव्यमा मनाङका ९ ठाउँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएका हुन् ।

मनाङको पर्यटकीय गन्तव्य मध्ये तिलिचो ताल पहिलो नम्बरमा समावेश गरिएको छ । पर्यटकीय गन्तव्यको दोश्रो नम्बरमा पोङ्कर ताल, तेश्रो नम्बरमा डोना ताल र चौथो नम्बरमा गंगापूर्ण ताललाई समावेश गरिएको छ ।

मनाङको पर्यटकीय गन्तव्य मध्ये अन्नपूर्ण हिमाल १, २ र ३ छैटौं नम्बरमा, छो कर्णताल, सातौं नम्बरमा, थोन्चे लार्के पदयात्रा आठौं नम्बरमा, मनाङ थोरङ्गपास पदयात्रा नवौं नम्बरमा र नारफू काङ्गला पास पदयात्रा दशौं नम्बरमा पर्यटकीय गन्तव्यमा समेटिएको छ ।

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षलाई सघाऊ पु¥याउने उद्धेश्यले पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी अनुरुप कास्कीका ठाउँहरुलाई पनि पर्यटकीय गन्तव्यमा समेटेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । उनले पर्यटकीय गन्तव्य घोषणा गरेर त्यसको प्रचारप्रसार गरिने जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख प्रमुख गन्तव्यहरुलाई समेटेर एक सय वटा पर्यटकीय गन्तव्य समावेश गरिएको मन्त्री लम्सालले प्रष्ट्याए ।

गण्डकी प्रदेश सरकारले कास्कीको १०, म्याग्दीको १०, मनाङको ९, मुस्ताङको १०, तनहुँको १०, गोर्खाको १२, नवलपरासीको ९, बागलुङको ११, पर्वतको ११, स्याङ्जाको ११ र लमजुङको १० ठाउँलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ ।

You might also like

Comments are closed.