प्रदेश प्रमुख कुबँर र अर्थमन्त्री बिच भेटघाट,बजेटबारे अनौपचारिक कुराकानी

पोखरा, १७ बैशाख ।

प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार प्रदेश प्रमुख बाबुराम कुँवरसँग भेटघाट गरेका छन् । मन्त्री गुरुङले भेटमा चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेश प्रमुख कुँवरलाई जानकारी दिएका थिए ।

प्रदेश प्रमुख कुँवर र मन्त्री गुरुङ बिच बजेटबारे अनौपचारिक कुराकानी समेत भएको थियो । प्रदेश ४ को बजेट तथा कार्यक्रम आगमी बैशाख १९ गते प्रदेश सभा समक्ष पेश गरिने कार्यक्रम छ । भेटघाट कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुराज ढकाल र प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव जीवन कुमार राईको समेत सहभागीता रहेको प्रदेश प्रमुखको कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

You might also like

Comments are closed.