प्रदेश प्रमुख शेरचन र राष्ट्रपति भण्डारीबीच भेटवार्ताः बाढी पहिरोबाट भएको धनजनको क्षति एवं कोभिड–१९ बारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिष्टाचार भेट गरेका छन् । मंगलबार भएको भेटका अवसरमा प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट भएको धनजनको क्षति एवं कोभिड–१९ को प्रभावबारे राष्ट्रपति भण्डारीलाई अवगत गराएका थिए ।

सो अवसरमा राष्ट्रियता तथा वर्तमान समसामयिक विषयमा समेत छलफल भएको प्रदेश प्रमुख शेरचनका प्रमुख स्वकीय सचिव गगन थापाले जानकारी दिए ।

प्रमुख स्वकीय सचिव थापाका अनुसार प्रदेश प्रमुख शेरचनले केही समय पहिले सात वटै प्रदेशका प्रदेश प्रमुखहरूबाट पेश गरिएको सुझावबारे समेत राष्ट्रपति भण्डारीलाई स्मरण गराएका थिए ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता र सहमतिबाटै सबै समस्याको निकास निस्कने विश्वास दिलाए । राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख शेरचनबीच करिब एक घण्टा छलफल भएको थियो ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...