प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान विधेयकमाथी छलफल शुरु

 

पोखरा, २६ फागुन

गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन तथा ब्यबस्थान सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकमाथी छलफल शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले गत फागुन २३ गते पेश गरेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन तथा ब्यबस्थान सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकमाथी आइतबारदेखी छलफल शुरु भएको हो । आइतबारको प्रदेश सभा बैठकमा मन्त्री चुमानले छलफलका लागि प्रतिष्ठान विधेयक प्रस्तुत गरेका थिए ।

छलफलमा भाग लिदै सांसद मिनप्रसाद गुरुङले जनप्रतिनिधि, कर्मचारी, पदाधिकारीलगायतलाई प्रशिक्षण दिनका लागि ल्याइएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन तथा ब्यबस्थान सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक आफ्नो उद्धेश्यमा कोशेढुंगा सावित हुने बताए । विधेयकमाथी समर्थन जनाउँदै सांसद गुरुङले नयाँ कुरा सिक्न, प्रविधि र टेक्नोलोजीबारे अपडेट नभए आउटडेटेड हुने भएकाले यो प्रशिक्षण प्रतिष्ठान औचित्यपूर्ण रहेको बताए ।

सांसद दोबाटे विश्वकर्माले प्रशिक्षणका लागि प्रशिक्षणकाजस्तो मात्रै प्रशिक्षण प्रतिष्ठान नबनोस् भन्दै उनले भने,‘कागजमा मिलाएर बजेट सकने काम मात्र नहोस् ।’ उनले प्रशिक्षण प्रतिष्ठान सञ्चालनका लागि बन्ने समितिमा दलितलाई पनि समावेश गर्ने वातावरण बनाउन आग्रह गरे ।

सांसद धनमाया लामाले प्रतिष्ठान समितिको कार्यकारी निर्देशक राजनीतिक नियुक्तीबाट नभई खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने बताईन् ।

सांसद मित्रकुमारी गुरुङ सुबेदीले जनप्रतिनिधी, कर्मचारी तथा पदाधिकारीलाई सृजनशील र उत्पादनशील बनाउनका लागि प्रतिष्ठान कोशेढुंगा सावित हुने बताईन् ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सरकारदेखी कर्मचारीसम्म नयाँ भएकाले सबैलाई प्रशिक्षित गराउनका लागि प्रतिष्ठान गर्न लागिएको स्पष्ट पारे । उनले भने,‘हामी सबै नयाँ छौं, सरकार नयाँ छ, कर्मचारी नयाँ छन्, स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुलाई प्रशिक्षित गराएर सबल र सक्षम बनाउनका लागि यो प्रतिष्ठान गठन गर्न लागिएको हो ।’ नयाँ परिवेशमा परम्परागत तरिकाले नचल्ने बताउँदै उनले सबैलाई समसामयीक बनाएर कुशल बनाउनका लागि प्रतिष्ठान गरिएको उनको भनाई थियो ।

You might also like

Comments are closed.