सन्देश श्रेष्ठ
पोखरा, ११ वैशाख । गण्डकी प्रदेश सरकारले तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालय प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद बैठकले संघ सरकार मातहत रहेको तनहुँ र बागलुङमा रहेको सडक डिभिजन कार्यालयलाई प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय मातहत ल्याएको हो ।
यसअघी तनहुँको दमौलीमा रहेको सडक डिभिजन कार्यालयले तनहुँ, लमजुङ, गोर्खा र मनाङ हेर्दै आएको छ । त्यस्तै बागलुङमा रहेको सडक डिभिजन कार्यालयले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ हेर्दै आएको छ । ति कार्यालयमा ३६÷३६ जना कर्मचारी रहेका छन् ।
प्रदेश मातहत ल्याइएपनि सडक डिभिजन कार्यालयले संघ सरकारको पनि आयोजना हेर्ने मन्त्री बस्नेतले जानकारी दिए । उनले कार्यालयमा संघको कर्मचारीसँगै प्रदेशको कर्मचारीपनि खटाइने बताए ।
गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले लमजुङको घलेगाउँ होम–स्टेलाई २९ लाख २७ हजार दिने निर्णय गरेको छ । होम–स्टेमा अब्बल मानिएको घलेगाउँ होम–स्टेका सबै घरमा एकै खालको रङ लगाउने, एकै खालको छाना हाल्नेलगायतका कार्य गर्न प्रदेश सरकारले सो रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री बस्नेतले जानकारी दिए ।
प्रदेश सरकारले गण्डकी प्रदेशको पहिलो प्रमुख सचिव लक्ष्मण अर्याललाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको छ । नया संरचनामा प्रदेश सरकारलाई महत्वपूर्ण योगदान दिई छोटो समयमै व्यवस्थित रुपमा सञ्चालन गर्न सफल भएको भन्दै तत्कालिन प्रमुख सचिव पौडेललाई प्रशंसा पत्रले सम्मान गर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए ।
Comments are closed.