प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी स्याङजालाई

पोखरा ७ माघ ।

पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधी संगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले दोश्रो स्थान सहित नगद २५ हजार सहित प्रमाण पत्र प्राप्त ग¥यो भने लोकदोहोरी प्रतिष्ठान गोर्खाले द्धितिय हुदै नगद १५ हजार र प्रमाणपत्र र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीले शान्तवना स्थान हासिल गर्दै नगद ८ हजार र प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।

फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न विद्यामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए ।  प्रतियोगितामा लोक दोहोरी गायकहरु चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना र प्रेमराज अधिकारीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

अमरसिंह चौरमा जारी पोखरा महोत्सवको एघारौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुत र प्रीति आलेको ब्याटल दोहोरीले महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन लिएका थिए । यसैबीच सपुतको बोल माया र आलेको बामरी बोलको गीत मार्फत समेत दर्शकले मनोरन्जन लिएका थिए । महोत्सवमा सोमबार चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतको प्रस्तुती रहेको थियो । भने सांस्कृतीका कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवारको सांस्कृतीक नृत्य प्रस्तुती रहेको थियो ।

महोत्सवको अन्तिम दिन सम्म आइपुग्दा महोत्सव भब्य र सभ्य सहित कुनैपनि अप्रिय घटना हुन नसकेको महोत्सव सुरक्षा ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाले वताए । उनका अनुसार युनाइटेड क्लवले महोत्सवकै आयोजना गरी सामाजिक काममा सक्रिय रहेकाले दर्शकले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी दर्शकले साथ दिएको हो ।

You might also like

Comments are closed.