प्रदेश ४ को मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ निश्चित

पोखरा, २८ माघ । प्रदेश नम्बर ४ को मुख्य मन्त्री एमाले नेता पृथ्वी सुव्वा गुरुङ बन्ने निश्चित भएको छ । एमालेका तर्फबाट प्रदेश संसदीय दलको नेतामा सर्बसम्मत भएसँगै गुरुङलाई मुख्य मन्त्री बन्ने बाटो खुलेको हो । उनी लमजुङबाट प्रदेश सांसदमा विजयी भएका थिए ।

एमाले सचिव समेत रहेका पृथ्वी सुव्वासँगै एमालेका प्रदेश इन्चार्ज किरण गुरुङ पनि मुख्य मन्त्रीको दौडमा थिए । किरणकै प्रस्तावमा पृथ्वी सर्बसम्मत निर्वाचित भएका हुन् । निर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए । सात प्रदेशमध्ये प्रदेश ४ को मुख्य मन्त्री एमालेको भागमा परेको छ ।

You might also like

Comments are closed.