प्रधानमन्त्रीको उपस्थितिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा हुँदै

 

पोखरा, १६ जेठ ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय   अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिएको बताइन् । उनी रवीन्द्रकी धर्मपत्नी हुन् ।

राज्यलाई अनुसनधानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधैं लागिरहने उनको भनाई छ । मानव स्रोत संशाधनको विकास गरी सिप तथा अनुसन्धानमुलक काम गर्न प्रतिष्ठान लागिरहने उनले जानकारी दिइन् ।

प्रतिष्ठान गैर नाफामुलक संस्था रहेको र यसमा ३ किसिमका सदस्यता रहने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ रहनेछ । जसमा ३ हजार ५ सय रुपैयाँ स्वेच्छिक रहनेछ । विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने पनि आचार्यले बताए ।  प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले अन्य प्रतिष्ठान भन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक रहने बताए ।

You might also like

Comments are closed.