प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, मोदीलाई के भने ओलीले ? (परराष्ट्रको विज्ञप्तिसहित)

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा नेपालका प्रधानमन्त्री ओलीले १० अप्रिल २०२० मा प्रधानमन्त्री मोदीसँग गरिएको कुराकानीलाई स्मरण गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतको ७४ स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्रीले नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी र उनको माध्यमबाट भारत सरकार र जनतालाई हार्दिक बधाई दिए । उनले भारतको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे । नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गरे ।

दुई प्रधानमन्त्रीले कोरोना बिरूद्धको लडाईमा भएका पछिल्ला प्रयासहरूका बारे विचार व्यक्त गरे र यस क्षेत्रमा मिलेर काम गर्न सहमत भए । नेपालका प्रधानमन्त्रीले महामारीको बिरूद्ध र जनजीवनको रक्षा गर्न नेपाल सरकारको प्रयासलाई जोड दिए । कोभिड खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै नेपालका प्रधानमन्त्रीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने आशा राखेका छन् । जसले यस रोगलाई नियन्त्रण गर्न र यस रोगलाई अझ फैलिनबाट रोक्न सक्नेछ भन्ने उनको विश्वास छ ।

दुबै प्रधानमन्त्रीले भविष्यमा द्विपक्षीय विषयमा छलफल जारी राख्ने कुरामा सहमति जनाए ।

यस्तो छ परराष्ट्रको विज्ञप्ति

You might also like

Comments are closed.