प्रधानमन्त्री विरुद्ध मोर्चाबन्दी, केही मन्त्रीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, २४ मंसिर । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्रबाट प्रत्यक्ष देखिने गरी मोर्चाबन्दी थालिएको संकेत मिलेको खबर साँघु साप्ताहिकले छापेको छ । ओलीविरुद्ध पार्टीभित्रैबाट मोर्चाबन्दीको प्रयास बिगतमा पनि पटक पटक भएको हो । तर, यस पटकको मोर्चाबन्दी निक्कै गम्भीर देखिएको छ । जति गम्भीर मोर्चाबन्दी गरिए पनि सरकारको स्थायित्वलाई कुनै खतरा नभएको दावी प्रधानमन्त्री ओली निकटकाहरूले गरेका छन् ।

पार्टीका प्रभावशाली नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी सचिवालयको बैठक बहिष्कार गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दीको संकेत दिएका छन् । उनीहरूको मोर्चाबन्दी दीर्घकालीन प्रकृतिको हुने नेकपाभित्रका जानकारहरू बताउँछन् ।

ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयको बैठकमा निर्धारित भन्दा १५ मिनट बित्दासम्म नआएपछि उनीहरूले बैठक बहिष्कार गरेका थिए ।

यसैबीच, प्राप्त अर्को जानकारी अनुसार प्रधानमन्त्री ओलीको टिमले एउटा विशेष रणनीति तयारी गरेको छ । राजपाले सरकारलाई दिएको समर्थन यो साता फिर्ता लिने घोषणा गरेको छ । राजपा मन्त्रिमण्डलमा छैन ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा गणितीय स्वरुपमा कुनै फरक पर्नेछैन । राजपाले समर्थन फिर्ता लिएपछि उपेन्द्र यादवको पार्टीले पनि समर्थन फिर्ता लिने आशंक ओलीको टिमले लिएको छ । फोरमले समर्थन फिर्ता लिएको अवस्थामा ओलीलाई समस्या पर्न सक्छ ।

किन भने कुनै दलले मन्त्रिमण्डल त्याग गरेमा प्रधानमन्त्रीले ३५ दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिनुपर्ने परिस्थिति आउँछ भन्ने आँकलनका साथ ओलीको टिमले विशेष तयारी गरेको बुझिएको छ । उपेन्द्रले मन्त्रिमण्डल त्यागेको घोषणा गर्नु अगावै मन्त्रिमण्डल पुर्नगठन गरेर उनीहरूलाई हटाइएको पत्र राष्ट्रपतिलाई बुझाइनेछ । प्रधानमन्त्रीले कुनै दललाई हटाउँदा विश्वासको मत लिनु पर्दैन

You might also like

Comments are closed.