प्रधानसेनापतिको निरीक्षण भ्रमणमा खर्च डेढ करोडभन्दा बढी

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् । प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रिजर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन् ।

कतिपय अवस्थामा स्थलमार्गबाटै अवलोकन गर्न सकिनेमा ४०५० किमी लामो दूरीमा पनि हेलिकप्टर प्रयोग भएको आजको कारोबारमा समाचार छ ।

रिजर्भ हेलिकप्टरको मात्रै भाडा हिसाब गर्ने हो भने सेनापतिले निरीक्षणमा डेढ करोड रुपैयाँ हाराहारीमा खर्च भएको सैनिक उच्च स्रोत बताउँछ ।

सैनिक हवाई महानिर्देशनालय स्रोतका अनुसार यदि माथि उल्लेख गरिएका जति हेलिकप्टर सरकार वा अन्य निकायल प्रयोग गरे तीन करोड रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ ।

You might also like

Comments are closed.