प्रभु लाइफ इन्स्योरेन्सको शाखा पोखरामा

पोखरा, १ जेठ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखाको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने बताए ।

प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ हुने उनको भनाई थियो । उनले देशैभरि शाखा संजाल बिस्तार गर्न शुभकामना दिए ।

कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रबीन्द्र श्रेष्ठले वीमालाई सर्वसाधारण सम्म पु¥याउन पर्ने बताउदै कम्पनीले व्यवसायीक सफलताको शुभकामना दिए । त्यसै गरि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले कम्पनीको बीमा आवश्यकता भएको र जीवन बीमालाई सरकारी स्तरबाट अनिवार्य गर्नु पर्ने बताए ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको बताए । उनले संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलता पुर्वक जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल हुनेछ बताए । कम्पनीले फरक किसिममा र समाजका सबै वर्गलाई समेट्ने किसिमका बीमा योजनाहरु ल्याउने बताए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले देशभर २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध दिदै आएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने उनले बताए ।

You might also like

Comments are closed.