प्रभू हेलिकोप्टरको लगानी विस्तार, ५ वटा हेलिकोप्टरबाट सेवा

सुरेन्द्र पौडेल
पोखरा, २५ असार । प्रभू हेलिकोप्टर प्रालिले पोखरामा ५ वटा हेलिकोप्टरबाट पर्यटकलाई दृश्यावलोन सेवा सञ्चालनमा ल्याएको छ । सन् २०१५ मा एउटा हेलिकोप्टरबाट सेवा सुरु गरेको प्रालिले लगानी विस्तार गरी सोमबारबाट ५ वटा हेलिकोप्टर सञ्चालनमा ल्याएको हो ।
प्रभू ग्रुप अन्तर्गतको प्रालिले २ वटा नयाँ हेलिकोप्टर भित्र्याएको हो । यस अगाडि सन् २०१६ र २०१७ मा १÷१ वटा हेलिकोप्टर भित्र्याएको थियो । प्रालिले अमेरिकामा निर्मित रविन्सन आर ६६ ब्राण्डको ४ वटा र रविन्सन आर ४४ ब्राण्डको एउटा हेलिकोप्टर सञ्चालनमा ल्याएको हो । रविन्सन आर ६६ मा पाइलटबाहेक ४ जना र रविन्सन आर ४४ मा पाइलटबाहेक ३ जना यात्रु बोक्न मिल्छ ।

प्रालिले ५ वटा हेलिकोप्टरमा करिब ६० करोड रुपैयाँ लगानी गरेको छ । पर्यटकीय नगरी पोखराबाट वरपरका पर्यटकीय क्षेत्रको दृश्यावलोनका लागि प्रभूका हेलिकोप्टर निकै उपयोगी बनेको अपरेसन म्यानेजर रानेश डङगोलले जानकारी दिए । यस अगाडि ३ वटा हेलिकोप्टबाट सेवा दिँदै आएको कम्पनीले अब ५ वटा हेलिकोप्टरबाट नियमित सेवा प्रदान गर्ने उनले बताए ।

दृश्यावलोनका साथै बिरामीहरुको आकस्मिक उद्धार गर्न पनि हेलिकोप्टर सहयोगी बन्ने उनले बताए । ‘नेपालमा पहिलो पटक दृश्यावलोनको प्याकेज पोखरामा हामीले सुरु गरेका हौं,’ उनले भने, ‘पर्यटकको आकर्षण बढेकाले लगानी विस्तार गरी हेलिकोप्टर थपेका हौं ।’ कम्पनीमा डङगोलसहित विनोद थकाली, देवीप्रकाश भट्टचन र इच्छाबहादुर डङगोलको लगानी छ ।

दृश्यावलोन, उद्धार र चार्टरका लागि हेलिकोप्टरको माग बढेकाले लगानी विस्तार गरिएको डङगोलले बताए । प्रालिका ५ वटा हेलिकोप्टरमध्ये ३ वटाले पोखराबाट र २ वटाले काठमाडौं केन्द्रित सेवा प्रदान गर्ने स्टेसन तथा बिजनेश डेभलपमेन्ट म्यानेजर दिनेश महर्जनले जानकारी दिए । पोखरा आउने पर्यटकहरु हिमालय क्षेत्र लगायन वरपरको दृश्यावलोकन गर्न रुची राख्छन् । पर्यटकलाई विशेष छुटमा दृश्यावलोकन प्याकेज प्रदान गरिने महर्जनले बताए

You might also like

Comments are closed.