प्रविधिको प्रयोग गर्न जान्नेलाई साक्षरताको आधार मानौं

 

सन्देश श्रेष्ठ
पोखरा, २० पुष

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराज पौडेलले विज्ञान र वैज्ञानिकलाई नचिन्दा नेपाल पछि परेको टिप्पणी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा गण्डकी प्रदेश सरकारको स्थानिय ब्यबस्थापनमा शुक्रबार पोखरामा आयोजित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७५ मस्यौदा’ सम्बन्धी अन्र्तक्रिया कार्यक्रमर्ला सम्बोधन गर्दै उनले २१ औं शताब्दी विज्ञान तथा प्रविधिको युग भएपनि राज्यले विज्ञान र वैज्ञानिक नचिन्दा नेपाल पछि परेको बताएका हुन् । उनले भने,‘हामीले विज्ञानलाई चिनेनौं, प्रविधिलाई चिनेनौं, अनि प्रतिभालाई चिनेनौं र वैज्ञानिकलाई चिनेनौं, विज्ञान, प्रविधि, प्रतिभा र वैज्ञानिक नचिनेकै कारण अहिले हामी पछि परेका हौं ।’ उनले राज्यले प्रतिभा र वैज्ञानिकलाई नेपालमै वातावरण मिलाउनुपर्ने बताउँदै भने,‘अब राज्यले विज्ञान र वैज्ञानिकलाई चिन्नुपर्छ, वैज्ञानिक र प्रतिभाहरुलाई बिदेश पलायन हुन दिनु हुँदैन, यहिं वातावरण मिलाएर रोक्नुपर्छ ।’

प्रमुख सचिव पौडेलले प्रविधिको सामान्य प्रयोग गर्न जान्नेलाई मात्र साक्षर मान्ने नयाँ मापदण्ड बनाउन उचित हुने बताए । उनले भने,‘पहिले सामान्य लेखपढ गर्न जान्नेलाई साक्षर मानिन्थ्यो, तर अब घरायासी काममा पनि मोवाइल, कम्प्युटर चलाउन आवश्यक भइसक्यो, मोवाइलमा पनि विभिन्न प्रविधि हुन्छ त्यो पनि चलाउन जान्नुपर्छ, त्यसैले अब प्रविधिको सामान्य प्रयोग गर्न जान्नेलाई मात्र साक्षरण मान्ने नयाँ मापदण्ड बनाउन आवश्यक छ ।’

वैज्ञानिक बिनोद अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिलाई संस्कृतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले राज्यले विज्ञान र प्रविधिलाई प्राथमिकताको पहिलो नम्बरमा राख्नुपर्ने धारणासमेत राखे ।

सामाजिक विकास मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले विज्ञान र प्रविधिलाई हुने खानेलाई मात्र नभई हुँदा खानेले पनि शिक्षा लिनसक्ने बनाउन जरुरी रहेको औंल्याए ।

कार्यक्रममा सहभागि विज्ञान तथा प्रविधिसँग सम्बन्धित पोखरेली प्राध्यापक तथा विद्यार्थीहरुले विज्ञान तथा प्रविधिको नीति बनाउने मात्र नभई कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै अब बन्ने विज्ञान तथा प्रविधि नीति देशको आर्थिक अवस्था सुहाउँदो देशको समृद्धी र विकासलाई सघाउ पु¥याउने खालको बनाउन सुझाव दिए ।

You might also like

Comments are closed.