प्रविधिमैत्री बन्दै सहकारी, प्राइमले राख्यो लेकसाइडमा एटिएम

आर्थिक आवाज
पोखरा, ३ फागुन । पछिल्लो समय सहकारीहरु प्रविधिमैत्री बन्ने क्रम जारी छ । आफ्ना सेयर सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने अभियानमा सहकारीहरु अग्रसर भएका हुन् । सेयर सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राख्दै पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम बहुउद्देश्यीय सहकारीले एटिएम मेसिन सञ्चालनमा ल्याएको प्रवन्धक निरु थापाले जानकारी दिए ।

सहकारीले पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइडमा एटिएम सञ्चालनमा ल्याएको हो । सहकारीलाई प्रविधिमैत्री बनाउँदै अगाडि बढाउने क्रममा एटिएम सञ्चालनमा ल्याइएको सचिव सुरेन्द्रमणि पौडेलले जानकारी दिए ।

सहकारीका जेष्ठ सदस्य तथा सल्लाहकार थमबहादुर गुरुङले एटिएमको हालै एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । सहकारीले लेखनाथस्थित बुढीबजारमा आफ्नै कार्यालय भवनमा सेवाकेन्द्र स्थापना गरेको छ । बगरमा पनि सहकारीको सेवा केन्द्र छ । उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आइरहेको सहकारीले बाख्राफार्मसमेत सञ्चालन गरिरहेकोछ ।

You might also like

Comments are closed.