प्रविधिमैत्री सेवा दिदै नबिल बैंक, कोरोना लक्षित गरी ‘नबिल जेन–एन एकाउन्ट’ सञ्चालनमा

काठमाडौं । नबिल बैंकले ‘नबिल जेन–एन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै उक्त एकाउन्ट सञ्चालनमा ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘ग्राहकलाई सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज सहितको सुविधा सम्पन्न बचत खाता नबिल जेन–एन एकाउन्ट हो,’ विज्ञप्तिमा भनिएको छ । उक्त एकान्उट खोल्ने ग्राहकलाई मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटिसी÷एनसेलमा २ जिबी डाटा प्याक निःशुल्क लगायतका थुप्रै प्रविधिमैत्री सेवाहरु उपलब्ध गराइने बैंकले जनाएको छ ।

‘हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने सहर्ष जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो एकाउन्टमा नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बताइएको छ । ‘१८ वर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ ।’

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका ११८ शाखा, १७५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको कर्पोरेट कम्युनिकेसन युनिटका समन लामा थिङले बताए । ‘बैंकले आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्धर्विक सेवा प्रदान गर्दै आइरहेको छ,’ उनले भने ।

You might also like

Comments are closed.