प्रहरीमा बढुवाका लागि दौडधुप, आकांक्षीहरु नेताकोमा धाउँदै

काठमाडौं, ७ माघ । लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । आजको नेपाल समाचार पत्रमा समाचार छ ।

गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु गरेका छन् ।

अहिले नेपाल प्रहरीमा डिआइजी १, एसएसपी १६, एपसी २६ सिट खाली रहेको छ । ती सिटका लागि दौठधुप चर्को रुपमा अघि बढेको हो ।

You might also like

Comments are closed.