प्रहरी नायव उपरीक्षक गुरुङलाई आफ्नो जन्मस्थानमा सम्मान

पोखरा, ३० असार ।

प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भइ जिल्ला प्रहरी कार्यालयमा कार्यरत रविन्द्रमान गुरुङलाई आफ्नो जन्मगाउँमा सम्मान गरिएको छ । कास्की जिल्ला पोखरा ३१ लेखनाथ पचभैयामा रहेको पचभैया तमु समाज, पचभैया आमा समुह, मंगल धर्म चक्र बौद्ध गुम्बाले संयुक्त रुपमा गुरुङलाई सम्मान गरेको हो ।

शनिवार एक कार्यक्रमका बीच पचभैया तमु समाजका अध्यक्ष तथा मंगल धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष बुद्धि बहादुर गुरुङ, पचभैया आमा समुहकी अध्यक्ष विष्णु गुरुङ र वयोबृद्ध धन कुमारी गुरुङले दोसल्ला, खादा र कदरपत्रले सम्मान गरेका थिए ।

सो अवसरमा वोल्दै पचभैया तमु समाजका अध्यक्ष तथा मंगल धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष बुद्धि बहादुर गुरुङले प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ सानै उमेरदेखि गाउँको सामाजिक काममा अग्रसर ब्यक्ति भएको स्मरण गराउदै हालै पदोन्नती संगै कास्की प्रहरीमा प्रहरी प्रवक्ताका रुपमा कार्यरत गुरुङको कार्यकालको सफलताको कामना गरे । कास्कीको सुरक्षा ब्यवस्था कडा वनाउनका लागी आफुहरुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्दै प्रहरी संगको जनताको सहकार्यले नै सभ्य समाज निर्माण हुने गुरुङको भनाइ थियो ।

सम्मानित ब्यक्तित्व प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले आफ्नो जन्मगाउँमा आफ्नो समाजबाट सम्मानित हुन पाउदा निकै गर्व लागेको वताउदै आगामी दिनमा आफ्नो गाउँ ठाउलाई चिनाउने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रहरी र नागरिकको सहकार्यलेनै समाजलाई बिकृति विसंगतीबाट जोगाउन सकिने वताउदै नागरिक र प्रहरीको सहकार्यनै अहिलेको आवश्यक्ता रहेको बताए ।

सो अवसरमा पोखरा लेखनाथ महानगर वडा नम्बर ३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, पचभैया आमा समुहकी अध्यक्ष विष्णु गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगर, पत्रकार ऋषिकान्त पौडेल, पचभैया तमु समाजका उपाध्यक्ष सन्तोष गुरुङ, मिलनसार तमु समाजका अध्यक्ष लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.