प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको बिदाई

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट सरुवा भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौं जान लागेका प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरालाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालयको प्राङगणमा भएको उक्त बिदाई कार्यक्रममा प्रहरीको एक टुकुडिले प्रहरी नायव महानिरीक्षक बोहरालाई सम्मान सलामी अर्पण गरेको थियो । संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह लगायत कास्की जिल्लास्थित कार्यरत अन्य प्रहरी कर्मचारीहरुले प्रहरी नायव महानिरीक्षक बोहरालाई आगामी कार्यकालको शुभकामना व्यक्त गरेका छन ।

बिदाई भई जान लागेका प्रहरी नायव महानिरीक्षक बोहराले प्रहरी सेवा सदैव जनताप्रति लक्षित हुनुपर्ने एक पवित्र सेवा भएको बताउँदै यसबाट कुनैपनि प्रहरी कर्मचारी बिचलित हुन नहुने बताए ।

विगत तेह्र महिनादेखि गण्डकी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका उनले प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउनुका साथै प्रहरी कर्मचारीको मनोबल उच्च राखी प्रहरीलाई सधै जनसेवा प्रति प्रेरित गर्ने कार्यमा उनी सफल भएके विश्वास लिईएको छ ।

You might also like

Comments are closed.