प्राइम कमर्सियल र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु

चुक्तापुँजी १३ अर्ब भन्दा बढी

काठमाडौं । कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा बिहीबार गाभिएको छ । प्राइमले १००ः९४ को सेयर स्वाप रेसियोमा कैलाशलाई गाभेको हो ।

प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमकाबीच एकीकृत कारोबार शुभारम्भ भएको हो ।

अब प्राइम कमर्सियल बैंकको चुक्तापुँजी १३ अर्ब भन्दा बढी पुगेको छ । निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँ र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

You might also like

Comments are closed.