पोखरा, २६ फागुन ।
प्राइम वहुउद्देश्यीय सहकारी संस्था लि. पोखराको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सहकारीको लेखनाथस्थित सेवाकेन्द्रमा आइतवार शिविर भएको हो । सहकारीको नवौं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिएको हो ।
शिविरमा ३ सय ११ जना बिरामीको आँखा परीक्षण गरिएको छ । हिमालयन आँखा अस्पताल पोखराले प्राविधिक सहयोगमा शिविर भएको हो । बिरामीलाई आवश्यकता अनुसार औषधी र चस्मा निःशुल्क वितरण गरिएको छ । शिविरमा आएका बिरामीको मोतियाविन्दुको शल्यक्रिया गर्न परेमा सहकारीले सहजीकरण गरी निःशुल्क गराउने सहकारीका लेखनाथ सेवा केन्द्र प्रमुख सुनिल थापाले जानकारी दिए ।
पोखरा २६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले कार्यक्रममा बोल्दै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै शिविर संचालन गर्नु प्रसंसायोग्य भएको बताए । सहकारीका अध्यक्ष नितेश प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन व्यवस्थापक निरु थापाले गरेकी थिइन् । सामाजिक उत्तरदायित्व वहन गर्दै सहकारीले शिविर संचालन गरेको हो ।
Comments are closed.