प्राइम सहकारीको नवौं साधारणसभा सम्पन्न

पोखरा, १६ भदौ ।

प्राइम सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निदेशप्रसाद कोइरालाको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध निर्देशक कृष्णबहादुर उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उप्रेतीले सहकारी ऐनमा सहकारी विपरित राखिएका कुरा संशोधन हुनुपर्ने साथै नियमावली छिटै पास गर्न पनि आफुहरुले लविङ गरिरहेको बताए । सहकारीका सुचाङ्क सबै हिसाबले सकारात्मक रहेको बताए । पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष शंकरप्रसाद बाँस्तोलाले सहकारी वडा कै गहनाको रुपमा रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघ लि.का सचिव दीपक प्रकाश आचार्य, राष्ट्रिय सहकारी बैंक पोखराका प्रवन्धक केदारनाथ उप्रेती, बाबा फाउन्डेसनका संस्थापक अध्यक्ष दिलीपराज श्रेष्ठ, लेकसिटी कलेजका प्राचार्य कपिल अधिकारी, संस्थाका कानुनी सल्लाहकार ईन्द्रप्रसाद बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, कर्मचारी, जेष्ठ नागरिक लगायत विभिन्न विधामा शैक्षिक डिग्री हासिल गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

करिब ८ करोड २५ लाख शेयर पुँजी रहेको सहकारीको निक्षेप ६६ करोड ६ लाख र कर्जा ८३ करोड ४८ लाख रहेको संस्थाका प्रवन्ध निर्देशक सुरेन्द्रमणि पौडेलले जानकारी दिए । सहकारीमा कुल ७३६ जना सदस्य छन् । निरा श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रम व्यवस्थापक निरु थापाले संचालन गरेकी थिइन् ।

You might also like

Comments are closed.