प्राइम सहकारीको लेखनाथ सेवाकेन्द्र आफ्नै भवनमा

पोखरा, २८ साउन । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्थाको लेखनाथ सेवाकेन्द्र आफ्नै भवनमा सरेको छ । लेखनाथस्थित बुढीबजारमा रहेको सेवाकेन्द्र भवनको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कार्यालय भवन उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नारायणप्रसाद बरालले वडाबासीलाई सहज वित्तीय सेवा पु¥याउन प्राइम सहकारीले योगदान पु¥याएको बताए । नेपालको आर्थिक विकासमा सहकारीले योगदान पु¥याएको बताउँदै उनले सहकारी संरक्षणमा महानगरले चासो दिने धारणा राखे ।

सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालाले संस्थालाई बलियो बनाउन आफूहरु सफल भएको बताए । बगर सेवा केन्द्रलाई पनि आफ्नै भवनमा रुपान्तण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रधान कार्यालयले पनि आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रदान गरिरहेको छ ।

कार्यक्रममा सहकारीका संरक्षक सल्लाहकार दिलीप कुमार दोषी, सचिव सुरेन्द्रमणि पौडेल, सहकारी अभियान्ता हरिभक्त पौडेल, व्यवस्थापक निरु थापा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.