पोखरा । पोखराको गैह्रापाटनमा केन्द्रीय कार्यालय रहेको प्राइम सहकारी संस्था स्थापनाको ११औं वर्ष प्रवेश गरेको छ । १०औं वार्षिकोत्सवको अवसरमा सहकारीले सोमबार कोरोना भाइरसको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सचेतना अभियानसँगै मास्क र पर्चा वितरणसमेत गरिएको सहकारीका प्रवन्धक निरु थापाले जानकारी दिइन् ।
प्रधान कार्यालय गैह्रापाटन, सेवा केन्द्र लेखनाथ र बगर तीनै ठाउँमा वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको उनले जानकारी दिए । सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारीका कर्मचारी, सञ्चालक, सल्लाहकार तथा सेयर सदस्यहरुले सचेतना अभियान सञ्चालन गरेका थिए । सामाजिक उत्तरदायित्व बहन गर्ने सचेतना कार्यक्रम आयोजना गरिएको थापाले जानकारी दिइन् ।
कोरोनाबाट बच्ने उपायहरु लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुका साथै सात सय भन्दा बढी माक्स वितरण गरिएको सहकारीका अध्यक्ष निदेश कोइरालाले जानकारी दिए । सहकारीका सल्लाहकार उपेन्द्र पौडेलले कोरोना भाइरस संक्रमण विश्वभर फैलिएको र नेपालमा पनि जोखिम धेरै रहेकाले नेबेल कोरोना भाइरसबारे सचेतना फैलाउन कार्यक्रम गरिएको बताए । सहकारीमा १ हजार २ सय ५७ जना सेयर सदस्य छन् ।
Comments are closed.