प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान पु¥याउने नारायणीलाई तीज कार्यक्रममा सम्मान

पोखरा । योग र प्राकृतिक चिकित्सा क्षेत्रमा काम गर्दै आएकी नारायणी रेग्मीलाई पोखराका सम्मान गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालद्वारा शनिबार पोखरामा आयोजित तीज फेलोसिप तथा नारी सम्मान कार्यक्रममा उनलाई सम्मान गरिएको हो । प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल लगायतले रेग्मीलाई सम्मान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले लायन्सको वर्तमान नेतृत्वले सशक्तीकरणका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताइन् । ‘सशक्तीकरण अभियानका साथमा नारी सम्मान कार्यक्रम निकै प्रशंसनीइ छ,’ उनले भनिन्, ‘लायन्सका गतिविधिलाई नजिकबाट नियालिरहेको छु । राम्रा काममा हामी पनि सहकार्य गर्न तयार छौं ।’

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले पछाडि परेका महिला तथा युवाहरुलाई सशक्तीकरण गरेर स्वरोजगार बनाउने अभियानमा आफू लागेको बताइन् । ‘यो अभियानमा डिष्ट्रिक्टका सम्पूर्ण क्लब तथा लायन मित्रहरुको साथ छ,’ उनले भनिन् ।

कार्यक्रम संयोजक दुर्गा ढकालको सभापतित्वमा आयोजित कार्यक्रममा कोचिफ एडभाइजर सुचित्रा थापा, रिजन चियरपर्सन सुशीला कोइराला, लक्ष्मी बराल लगायतले बोलेका थिए । कार्यक्रममा पोखरा क्षेत्रमा ४ सय भन्दा बढी महिला लायन सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक दुर्गा ढकालले जानकारी दिइन् ।

You might also like

Comments are closed.