प्राबिधिक शिक्षाको लागि महायज्ञ

पोखरा, पुष २८
बिद्यालयमा प्राबिधिक शिक्षा दिने उद्धेश्यले स्याङ्गजाको क्याक्मीमा रहेको पिताम्वर माबिले महायज्ञ आयोजना गर्ने भएको छ ।
२००९ सालमा स्थापना भएको उक्त बिद्यालयले हाल उच्च माविमा शिक्षा संकायको मात्र पढाइ गर्दे आएकोमा गाऊमै प्राबिधिक शिक्षाको पठनपाठन सुरु गर्न महायज्ञ आयोजना गरिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

आगामी माघ १० गते देखि सात दिनसम्म सञ्चालन हुने विद्यालयका बिद्यालयका प्रधानध्यापक शालिकराम लम्सालले जानकारी दिए ।  प्राबिधिक शिक्षाको ब्यबस्था नहुदा गाऊँमा युवाहरु गाँउ छोड्न बाध्य भएकाले आर्थिक स्रोतको ब्यबस्थापन गरि प्राबिधिक शिक्षा दिन आबश्यक भएको उनले बताए ।

महायज्ञबाट करिव ६ करोड आर्थि क सहयोग संकलन हुने आयोजकले लक्ष लिएको छ । स्याङ्गजाको हरिनास ६ मा पर्ने पिताम्वर माबिमा हाल करिव ५ सय विद्यार्थी अध्ययनरत छन ।

महायज्ञबाट उठेको रकमबाट प्राबिधिक शिक्षालय संगै ई लाईब्रेरी, आईसिटि कक्ष, बिज्ञान प्रयोगशाला,आबासिय सुबिधा सहितको छात्रबास,आधुनिक शौचालय र्निमाण लगायतको योजना रहेको आयोजनकले जानकारी दिएको छ ।

महायज्ञमा सहभागी हुन बिद्यालयले सबैलाई अनुरोध गरेको छ । महायज्ञमा दिग्दर्शन बाचक शिरोमणी पण्डित दिपक सापकोटाको संगितमय कथा बाचन तथा प्रबचन रहनेछ भने सहबाचकमा प्रकाश तिवारी रहने बताइएको छ । महायज्ञ सहयोग गर्ने क्रम पनि सुरु भैसकेको छ । महायज्ञमा १ रुपैयाँ देखि ५ लाख भन्दा माथिको आर्थिक सहयोग गर्ने महानुभाव तथा दानबिरहरुलाई बिभिन्न खालको सम्मान गर्ने ब्यबस्था मिलाईएको आयोजकले जानकारी दिएको छ ।

You might also like

Comments are closed.