प्रारम्भिक कक्षा पढाई कार्यक्रमले समुदायमा ल्यायो परिवर्तन, निरन्तरता अवको आवश्यकता

पोखरा, १६ असार ।

बालबालिकाको शिक्षाको जग बलियो बनाउन सकेमा मात्र आफ्ना बालबालिकाको भविष्य उज्जवल हुने कुरा अधिकांश अभिभावकहरुको बुझाई सार्थक भएको छ । यस्तो बुझाई इजिआरपी कार्यक्रमले ल्याएको भन्ने ठम्याई छ । कक्षा १, २ र ३ का बालबालिकाको पठन सिप विकास गर्ने उद्देश्यले युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला नेपाल सरकार शिक्षा मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम कास्की लगायत १६ जिल्लाका बालबालिकाका लागि समुदाय स्तरमा सञ्चालन गरिएको हो ।

दुई वर्षसम्म सञ्चालन गरिएको कार्यक्रम फेज आउट हुनै लाग्दा अन्तिम दिन कास्की जिल्लामा विहिवार गरिएको जिल्ला स्तरिय परियोजना प्रगती समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ता यो कार्यक्रम निकै प्रभावकारी र सोचेभन्दा धेरै राम्रो भएको अनुभव सुनाएका हुन् ।

यस कार्यक्रमले वर्षोदेखि विद्यालयमा पढाउँदै आएको शिक्षण पद्धतीलाई तोड्दै शैक्षिक सामाग्रीको प्रयोगले बालकेन्द्रित सिकाई, पठनसिपको विकास, पढाईमा दिगोपन, पढाईप्रति जारुकता र विद्यार्थीहरुमा पढाईको द्रुतता बढेको वक्ताहरुको विश्वास छ । यसले बालबालिकामा शैक्षिक मात्र नभएर बाह्य ज्ञानको पनि विकास भएको र समुदायमा पनि चेतनाको स्तर वृद्धि भएको भन्दै अव यसलाई निरन्तरता दिन आवश्यक रहेको उनीहको ठम्याई छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिती कास्कीका उपसचिव नवराज पौडेलले राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम सुरुवाती अग्रता भएको बताउँदै यसले सबैमा उत्साह थपेको बताए ।

जहाँ ओनरसिप, लिडरसीप र डेलिगेशनलाई कसैले भुल्न नहुने बताए । उनले कार्यक्रम फेज आउट भएकोमा कुनै चिन्ता मान्नु नपर्ने बताउँदै सबैले आफु जहाँ छु, त्यहिबाट सुरुवात गर्ने, जे छ, त्यति प्रयोग गर्ने र जे सकिन्छ त्यहि गर्ने हो भने प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई निरन्तरता दिन कुनै समस्या नआउँने उल्लेख गरे ।

उनले आफुमा भएको सिर्जनशिलता गुमाउन नहुने भन्दै अपनत्व जोगाउन लागि पर्नुपर्ने बताए । साथै उनले दुइृ वर्षे कार्यक्रम फेज आउट भए पनि यसको प्रभावकारीतालाई बुझेर आफैले निरन्तरता दिन विद्यालय र समुदाय लागि पर्नुपर्ने बताउँदै यसका लागि आफुले सक्दो पहल गर्ने बताए ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत कास्कीमा समुदाय परिचालनको जिम्मा पाएको बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस कार्यक्रमले बालबालिकाको पठन सिपलाई अझै उत्तरदायी बनाउँदै लगेकोको यसको निरन्तरताको खाँचो औल्याए ।

माछापुच्छ्रे गाउँपालिकाका शिक्षा विभाग प्रमुख लोकनाथ आचार्यले यस कार्यक्रमले समुदायमा शिक्षाप्रतिको जागरण बढेको र विद्यालय र समुदायविच अन्यानोश्रित सम्वन्ध अगाडी बढेको बताए । कार्यक्रमले विद्यार्थीहरु पढाईप्रति उत्सुक भएको र समुह कार्य गर्न प्रेरित गरेको उनको भनाई छ । मादी गाउँपालिका वडा नम्वर ८ की सदस्य लालदेवी घलेले यो कार्यक्रम प्रभावकारी भएको भन्दै निरन्तरताको लागि वडामा यस कार्यक्रमको लागि छुट्टै योजना माग गरेको बताईन् । कार्यक्रममा पोखरा २५ की सीता थापाले यो कार्यक्रमले बालबच्चा मात्र नभएर फुर्सद भएका आमाहरुले पनि टोल पढाई समुहमा गएर साक्षर बनेको गर्भिलो भनाई राखिन् ।

कार्यक्रममा कालिका माविका प्राचार्य बलराम गिरी, नविन माविका शिक्षक दिपक पौडेल, महेन्द्र मावि भलामका शिक्षक बलराम पौडेल, टोल पढाई समुहकी कमला परियार लगायत अन्य शिक्षक अभिभावक तथा टोल पढाई समुहका संयोजकले बोल्दै यस कार्यक्रमले ग्रामिण स्तरका, विपन्न तथा दलित बालबालिकालाई पनि पढाईमा जागरुक बनाएको र जग बसाएको भन्दै यसको निरन्तरताको खाँचो औल्याए । जसका लागि आफुहरुले पनि पहल गर्ने र स्थानिय सरकार तथा जनप्रतिनिधीले पनि सहयोग गरिदिन आग्रह गरे ।

ईजिआरपी कार्यक्रम कास्कीका २२ स्रोत केन्द्र अन्तर्गतका विद्यालयमा यो कार्यक्रम लागु भएको हो । यस कार्यक्रमले कास्की जिल्लाका ३ सय ८३ विद्यालयका १ देखि ३ कक्षा सम्म अध्ययनरत करिव १४ हजार विद्यार्थी लाभान्वित भएका छन् । यीमध्ये १ सय ७ विद्यालयले विद्यालय व्यवस्थापन अनुदान समेत पाएका थिए । यो कार्यक्रम अन्र्तगत टोल टोलमा पढाइ समुह गठन गरिएको छ । त्यस्ता टोल समुह ६ सय ८६ रहेका छन् ।

You might also like

Comments are closed.