प्रिस्टिना ब्युटि पार्लरको १९ औं बार्षिकोत्सब

चैत १४, पोखरा ।

प्रिस्टिना ब्युटि पार्लर एण्ड इन्स्टिट्युटले आफ्नो १९ औं बार्षिकोत्सबमा प्रदेश नम्बर ४ का सांसद मिना गुरुङलाई सम्मान गरेको छ । महिला सशक्तिकरण तथा महिला आत्मनिर्भरताका लागि समाजमा पुर्याएको योगदानको कदर गर्दै सांसद गुरुङलाई सम्मान गरेको हो । कार्यक्रमा बोल्दै सांसद गुरुङले सफलताका लागि सकारात्मक सोँच र निरन्तरको प्रयास आवश्यक पर्ने बताईन् । महिलाहरु आत्मनिर्भर बन्न सके मात्रै समाज उज्यालो बन्ने छ, उनले भनिन् ।

पार्लरका सञ्चालक इन्दु क्षेत्री पुरीले सबैको सहयोगले गर्दा नै पार्लर र आफू सफलताको बाटोमा लागेको बताए । उनले आगामी दिनमा पार्लरलाई थप आधुनिकीकरण तथा प्रविधी सम्पन्न बनाउदै लैजाने बताए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय अध्यक्ष सुमन गुरुङ, नेपाल अर्बुद रोग निवारण संस्था पोखरा शाखाको सञ्चालक सरस्वती अधिकारी सरु, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका निवर्तमान अध्यक्ष पम्फा पहारी, पत्रकार जमुना शर्मा बर्षा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी निशा पन्थीले गरेकी थिइन् ।

हाल पार्लरको पन्थी गल्ली चिप्लेढुंगा, सुन्दर मार्ग चिप्लेढुंगा र न्युरोडमा गरि ३ शाखा सञ्चालनमा छन् । न्युरोडबाट ब्युटिसियन तालिम सञ्चालन गरिन्छ भने अन्य शाखामा पार्लर सम्बन्धि काम हुने सञ्चालक क्षेत्रीले जानकारी दिईन् । अहिले सम्म ५ सय जनाले उक्त इन्स्टिट्युटबाट तालिम लिइसकेका छन् । इन्स्टिट्युटले हरेक बर्ष १ जना आर्थिक रुपमा बिपन्न भएका लाई निशुल्क तालिम दिंदै आएको छ ।

You might also like

Comments are closed.