काठमाडौं । फक्सवागनले भारतमा टिगुवान अलस्पेस एसयूभी लन्च गरेको छ । सो एसयूभीको मूल्य ३३ लाख १२ हजार भारु छ । सो कार एक भेरिएन्टमा मात्र लन्च गरिएको छ ।
कम्पनीले सो एसयूभी २०२० अटो एक्सपोमा पेश गरेको थियो । सो कार ७ सिटर भर्सन हो । यसमा बीएस ६ मापदण्डयुक्त २।० लिटरको पेट्रोल इन्जिन छ, जसले १८७ बीएचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ ।
सो कारको इन्टेरियरमा डिजिटल ककपिट, एनालग डायल्स रहेको छ । साथै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र मिररलिंक टेक्नोलोजीको साथमा छ । यसमा किलेस बुट ओपनिङ, थ्री जोन क्लाइमेट कन्ट्रोल, टायर प्रेशर मोनिटर र प्यानोरामिक सनरुफ जस्ता फिचर पनि छ ।
सेफ्टी फिचरमा ७ एयरब्याग्स, इएसपी, एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, सिट बेल्ट वार्निङ र आइएसओफिक्स छ । सो कारको होन्डा सीआर–भी र स्कोडा कोडियाक जस्ता कारसँग प्रतिस्पर्धा हुनेछ ।
Comments are closed.