पोखरा ।विश्वब्यापी रुपमा फौलिएको कोरोना भाईरसका कारण भेला तथा जमघटबाट साधारण सभा गर्न नमिलेपछि लेखनाथ उद्योग बाणिज्य संघले आईतबार फरक शैलीबाट २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाको तयारीका लागि असोज ५ गते देखि नै व्यवसायी सदस्यको घरदैलोमा पुगी प्रतिबेदन पठाउने र सोही प्रतिबेदन उपर विभिन्न विधीबाट राय सुझाव संकलन गरि, संघद्धारा गठित १७ वटा उपसमितिहरु समेतको भेला तथा छलफललाई आधार मानि आईतवार वसेको कार्यसमितिको पुर्ण बैठकलाई साधारण सभाको रुप दिईएको हो ।
वि.सं. २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघसँग आवद्ध एक हजार तिन सय ६५ ब्यवसायी सदस्यहरु मध्ये बहुमत सदस्यहरुको प्रतिनिधीत्व रहने गरि विषम परिस्थीतिलाई मध्यनजर राख्दै फरक शैलिमा साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा सघंले आगामी आर्थिक वर्षका लागि अगाडी सारेको संगठानीक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने कोरोना महामारीका कारण व्यवसायीहरुले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि व्यवसाय उत्थानमा सहयोग पुग्ने खालका कार्यक्रम संचालन गर्न सम्वन्धीत निकायमा लविङ गर्ने निर्णय गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
संघका अध्यक्ष वलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचाय ,पुर्व अध्यक्षहरु सुमन भटराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले अहिलेको विषम परिस्थीतिमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ गम्भिरता पुर्वक अगाडी वढेको धारणा व्यक्त गरे ।
Comments are closed.