फराकिला सडक झनै असुरक्षित, दैनिक हुन्छ दुर्घटना

पोखरा, ५ भदौ । ‘पोखराको सबैभन्दा राम्रो र व्यवस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना (ज्यान नै जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमदेखि बिन्ध्यवासिनी क्षेत्रसम्मका बासिन्दा आतंकित छन् । सिधै आउने गाडीहरुको ओभर स्पिड र शाखा बाटोहरुबाट आउने गाडीहरुले दायाँबायाँ नहेरी मुल बाटोमा प्रवेश गर्नु दुर्घटनाका प्रमुख कारण हुन्,’ पत्रकार त्रिभुवन पौडेलले भिडियो सहित पोखराको जीरो किलोमिटरदेखि विन्ध्यावासिनीसम्मको फराकिलो सडकको दुर्दशा देखाए ।

दुई महिना अघि मालेपाटनमा मोटरसाइकल नै ट्यांकरभित्र पस्यो । दुईजनाको मृत्यु भयो । १५ दिनअघि दुईवटा मोटरसाइकल मालेपाटनमै ठोकियो र दुईजना घाइते भए । ८ महिनाअघि दुईवटा मोटरसाइकल ठोकिँदा गम्भीर घाइतेको अहिलेसम्म उपचार भइरहेको छ । ठ्याक्कै १ महिनआघि मोटरसाइकल र ट्याक्सी ठोकिँदा १ जना घाइते भए ।

पस्र्याङमा ८ महिनाअघि ट्रकसँग ठोकिएर मोटरसाइकल चालक घाईते भए । ६ महिनाअघि रोकिराखेको बसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भयो । अर्चलबोटमा ९ महिनाअघि गाडीको ठक्करले एकजना पैदलयात्री गम्भीर घाईते भएर उपचाररत छन् । १ बर्षअघि बसले स्कुटरलाई ठक्कर दिँदा दुईजना विद्यार्थी घाइते भए ।

तीनवटै क्षेत्र जीरो–विन्ध्यावासीनी सडक खण्डमा पर्छन् । पोखराको अत्याधिक दुर्घटना हुने क्षेत्रमध्ये यो पहिलो नम्बरमा छ । उक्त सडकमा सामान्य दुर्घटना नभएको दिन छैन । औषत २÷३ वटा घटना भइरहेका छन् । कहिलेकाहीँ त ४÷५ वटा दुर्घटना पनि हुन्छ । वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले पनि उक्त सडकमा ठूला दुर्घटना भइरहेको बताए ।

दुर्घटना न्यूनीकरणका लागि पनि केही कामहरु सुरु गर्न लागेको उनले सुनाए । मापसे अनुगमन र स्पीड कन्ट्रोलका लागि विशेष कार्यक्रम सञ्चालन हुने नेपालीको भनाई छ । यो सडकमा पछिल्लो समय निकै धेरै दुर्घटना हुन्छ । विशेषगरी तीब्र गरी र ट्राफिक नियमको पालना नगर्दा दर्घटना बढ्ने गरेको प्रहरी बताउँछ ।

साभार : डिएनएनेपालडटकमबाट

तस्बिरः सुदर्शन रञ्जित

पोखराको सबैभन्दा राम्रो र ब्यबस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना(ज्याननै जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमी देखी बिन्ध्यवासिनी क्षेत्र सम्मका बासिन्दा आतंकित छन् ।सिधै आउने गाडीहरुको ओभर स्पिड र शाखा बाटोहरुबाट, आउने गाडीहरुले दायाँ बाँया नहेरी मुल बाटोमा प्रबेश गर्नु दुर्घटनाका प्रमुख कारण हुन् । यसलाई कम गर्नका लागि पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी र कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाको ध्यानाकर्षण गराएको छु ।आश गरौं, आगामी दिनमा हामी कोही कसैको ज्यान अकालमा जान रोकिनेछ ।

Gepostet von Tribhuban Poudel am Montag, 20. August 2018

You might also like

Comments are closed.