पोखरा, २७ भदौ ।
फर्निचर तथा फर्निसिङ ब्यबसायी समिति कास्कीले पोखरा उद्योग वाणिज्य संघमा दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहलाई सघाउने निर्णय गरेको छ । समितिको बुधबार पोखरामा बसेको कार्यसमिति बैठकले अध्यक्षका उम्मेद्वार अधिकारीसहित सो समूहको प्यानललाई नै मत दिएर बिजयी गराउने सर्वसम्मत निर्णय गरेको हो ।
फर्निचर तथा फर्निसिङ ब्यबसायी समिति कास्कीमा ३ सय १० जना सदस्य रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघमा १८० भन्दा बढी ब्यबसायी दर्ता छन् । समितिका आबद्ध सबै साधारण सदस्यले एकमतले अधिकारी प्यानललाई मत हाल्ने निर्णय गरेको समितिका अध्यक्ष हिरामणी पण्डितले जानकारी दिए । उनले भने,‘समितिको निर्णय सर्वसम्मत हो, यसमा सबैको ऐक्यबद्धता हुन्छ ।’ समितिले निर्वाचन समितिको सम्पूर्ण अधिकार ज्ञानबहादुर नेपालीलाई दिएको छ । नेपाली अधिकारी प्यानलबाटै संघको वस्तुगततर्फका उम्मेद्वार हुन् ।
यसैबीच, हरेक व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएको समावेशी व्यवसायी समूहले बुधबार चाउथे र मालेपाटन क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोका क्रममा समावेशी व्यवसायी समूहले व्यवसायीमैत्री कर, पार्किङ, घरभाडालगायतका सरोकारका विषय चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सो समूहबाट संघको अध्यक्षमा उम्मेद्वारी दिएका दामु अधिकारीले भने,‘हामी उद्योगी व्यवसायीको सेवक भएर काम गर्नेछौं, विश्वास गर्नुस् तपाईंहरुले भोट दिएर जिताएमा जिन्दगीभरी सेवा गर्नेछौं ।’ उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सघाउन पनि आफू नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेको महासचिवका उम्मेद्वार किसान सुनारले जानकारी दिए ।
Comments are closed.