फिचर लेखन तालिम सम्पन्न

आर्थिक आवाज
पोखरा, १३ माघ ।
सञ्चारिका समूह नेपाल तनहुँले भानु १३ टुटेपानीमा पत्रकार महिलाको ब्यवसायिक दक्षता र गुणात्मक वृद्धिका लागि आयोजना गरेको फिचर लेखन सम्बन्धि तीन दिने तालिम आइतबार सम्पन्न भएको छ । जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध २० जना पत्रकारहरुले तालिम लिएका छन् ।
उक्त तालिमको समापनमा बोल्दै भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले तालिमले पत्रकारहरुको पेशागत दक्षता बढाउनुको साथै टुटेपानी क्षेत्रको प्रचारप्रसारमा मदत पुग्ने विश्वास व्यक्त गरे । राज्यको चौथो अंगको मान्यता पाएको सञ्चार क्षेत्रबाट सम्प्रेषित तथा प्रसारित जानकारी बढी विश्वासनीय हुदाँ सही सुचना बाहिर ल्याउन आग्रह गरे ।

समूहकी अध्यक्ष सन्तोषी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गल गुरुङ, नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्षद्धय नारायण खड्का, सोनी शर्मा, द हिमालयन टाइमसका पोखरा ब्युरो प्रमुख भरत कोइराला, समूहकी सचिव सम्झना रसाइली, पत्रकार बिन्दु वाग्ले लगायतले बोलेका थिए ।

तीन दिने प्रशिक्षणमा भरत कोइराला, कान्तिरपुरका पोखरा ब्युरो प्रमुख भिम घिमिरे, अन्नपुर्णका पोखरा ब्युरो प्रमुख केशवशरण लामिछाने र सञ्चारिका समूह गण्डकी प्रदेश निवर्तमान अध्यक्ष जमुना शर्माले प्रशिक्षण दिएका थिए ।

सहभागीहरुले सहिदको गाँउ पुलिमराङ, तनहुँकै दास्रो अग्लो चुचुरो मिलुङ्गकोट लगायतका ठाँउकोे प्रत्यक्ष अवलोकन गरेर त्यहाँको अवस्थाको बारेमा चर्चा गर्दै फिचर लेखन अभ्यास समेत गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

You might also like

Comments are closed.