पोखरा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमसँगै नेपालमा आयोजित लकडाउनबाट मजदुर तथा विपन्न वर्गमा खाद्यान्नको संकट देखिन थालेपछि फिरफिरे फाउन्डेसनले सहयोग घोषणा गरेको छ । तनहुँको शुक्लागण्डकी वडा नं. १२ को समग्र विकास एवं सहकार्यका लागि स्थापित संस्था फिरफिरे फाउण्डेसन एक लाख रुपैयाँ सहयोग घोषणा गरेको अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।
फिरफिरेमा रहेका मजदुर तथा विपन्न वर्गका नागरिकलाई शुक्ला गण्डकी वडा नं. १२ मार्फत सहयोग गर्ने गरी राहत प्रदान गर्न लागिएको गुरुङले बताए । उक्त सहयोग घोषणाप्रति वडा नं. १२ का अध्यक्ष मनराज गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।
हाल फिरफिरेमा बसोबास गर्ने २ सय ४६ घरधुरीले मात्रै परिवार संख्या अनुसार राज्यको राहत प्राप्त गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए । ‘बाँकी अधिकांशको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि मापदण्डका कारण राहतबाट छुट्न गएको छ । राज्यको मापदण्ड भित्र नपर्ने तर आर्थिक अवस्था कमजोर घरपरिवारलाई राहत प्रदान गर्नको लागि सहयोगको अपिल गरेका छौं ।’
Comments are closed.