फुटवलको जग बसाल्नपनि प्रतियोगिता महत्वपूर्ण

रमेश कार्की, महासचिव, एन्फा कास्की

प्रतियोगितालाई लिएर कस्तो फिडब्याक आइरहेको छ ?

एन्फा कास्कीको आयोजनामा यतिबेला पोखराको रंगशालामा मनकामना कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जारी छ । प्रतियोगितालाई लिएर एकदमै राम्रो फिडब्याक आइरहेको छ । खेलकुदका संघसंस्थादेखि सामान्य सर्व साधारण जो फुटवलप्रति रुची राख्छन् वा मन पराउँछन् उनीहरु सबैले प्रतियोगिता बारे चासो राखेका छन् । कसैले सहयोग गरेर त कसैले राम्रो गर्न उत्प्रेरणा दिइरहेका छन् । जसले जसरी सहयोग गरेपनि उनीहरुको एउटै उद्धेश्य छ जसरीपनि मनकामना केबलकार पोखरा कपलाई भव्य र सभ्य रुपमा सफल बनोस् भन्ने । पोखरा कप एन्फा कास्कीको मात्रै होइन, पोखराबासीको हो, कास्केलीको हो । त्यसैले यो प्रतियोगिता पोखराको प्रतिष्ठासँगपनि गाँसिएको छ । यसलाई सभ्य र भव्य रुपमा सफल गर्न सकेमात्र पोखराको शान, मान र प्रतिष्ठा जोगिन्छ ।

पोखरेली खेल संघसंस्थाहरुले प्रतियोगितालाई कस्तो रुपमा लिएका छन् ?

प्रतियोगितालाई लिएर पोखरेली संघसंस्थाहरु उत्साही छन् । उनीहरु हामीलाई होस्टेमा हैंसे गरिरहेका छन् । कसरी हुन्छ सफल बनाउने ध्याउन्नमा लागेका छन् । किनकी यो प्रतियोगिता सफल हुनु भनेको एन्फासँगै पोखरेली सम्पूर्ण खेलकुद संघसंस्था सफल हुनु हो । सबैले हामीलाई हौसला प्रदान गरिरहेका छन् । कहाँ के गर्नुप¥यो त्यसमा मन, बचन र कर्मले नै सहयोग गरिरहेका छन् । मलाई लाग्छ उनीहरुले सक्दो सहयोग गरेका छन् ।

आर्थिक रुपमाचाहिं कत्तिको सहयोग मिल्यो ?

आर्थिक रुपमा पनि हामीलाई राम्रै सहयोग मिलेको छ । प्रतियोगिताको मुख्य पाटो भनेको आर्थिक हो । आर्थिक बिना प्रतियोगिता सफल हुनै सक्दैन । तर सबैको साथ र सहयोगले गर्दा प्रतियोगिता सफलतातर्फ उन्मुख छ । मनकामना केबलकारले प्रतियोगिताको मूख्य प्रायोजन गरेको छ । हामीले प्रस्ताव गर्ने वित्तिकै मनकामना केबलकारले त्यसलाई सहर्ष स्वीकार ग¥यो । त्यस्तै, विभिन्न शीर्षकमा पनि प्रायोजन गर्नु भएको छ । कसैले ब्यानर उपलब्ध गराएर सहयोग गरेका छन् त कसैले अफिसियल भएर सहयोग गरेका छन् । समग्रमा भनौं सबैले मन खोलेर सहयोग गरेका छन् । सायद ! हाम्रो फुटवलको विकास गर्ने पवित्र उद्धेश्य देखेर होला । हामी ग्रास रुट फुटवलको विकास र जिल्ला लिग सञ्चालन गर्ने प्रयत्नमा छौं । यसका लागि यो प्रतियोगिता सफल बनाएर आर्थिक रुपमा पनि केहि जोहो गर्न सकेमात्र हामी हाम्रो उद्धेश्यमा सफल हुन्छौं । यसका लागि पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पर्यटन वोर्ड पोखरा, राखेप, जिल्ला खेलकुद विकास समिति, क्षेत्रीय खेलकुद विकास समितिलगायत सबैको सहयोग मिलेको छ । पोखरा महानगरपालिकाले प्रतियोगिताको अभिभावकत्व ग्रहण गरेको छ । पर्यटन वोर्डले प्रवद्र्धन गरेर सहयोग गरेको छ ।

प्रतियोगिताले फुटवलको विकासमा कसरी सहयोग गर्छ ?

प्रतियोगिता फुटवलको विकासकै लागि आयोजना गरिएको हो । पहिलो कुरा त प्रतियोगिता भएपछि क्लवहरुले सहभागिता जनाउन पाउँछन् । प्रतियोगिता नै नहुने हो भने क्लव धरासायी भइहाल्छ । त्यसैले यस्ता प्रतियोगिता भइरहनु पर्छ । प्रतियोगिता भएपछि खेलाडीले खेल्न पाउँछन् । उनीहरुलाई एक्सपोजर पनि मिल्छ । अर्को कुरा खेलले खेलाडीको जिविकोपार्जनमा पनि सघाउँछ । प्रतियोगिता हुँदा नयाँ खेलाडीले अवसर पनि पाउँछ । मुख्य कुरा त हामीले यो खेलबाट आर्थिक रुपमा केहि जोहो गरेर त्यसलाई फुटवलको विकासमा लगाउने पवित्र उद्धेश्य राखेका छौं । जस्तै हामी यो प्रतिबाट बचत भएको रकमले जिल्ला लिग भलिवल गर्ने सोंचमा छौं । यसैगरी हामी ग्रास रुट फुटवलको विकासमा पनि लाग्ने प्रयत्नमा छौं । त्यसका लागि पनि यस प्रतियोगिताबाट बचत भएको रकम खर्चिन्छौं । त्यतिमात्र होइन यस प्रतियोगिता हेरेर पोखरेली स्थानिय खेलाडीले नयाँ नयाँ टेक्निक सिक्न सक्छन् भने यसले गाउँ गाउँमा फुटवलको माहोल सृजना गर्छ । त्यसैले यो प्रतियोगिताले फुटवलको विकासमा सघाउँछ ।

प्रतियोगिताले खेल पर्यटनमाचाहिंक कसरी सघाउँछ ?

अवश्यपनि प्रतियोगिताले खेल पर्यटनमा सघाउँछ । प्रतियोगिता खेल्नका लागि खेलाडीहरु आउँछन् । क्लवका पदाधिकारी तथा प्रशिक्षकहरु आउँछन् । उनीहरुले करीब २ हप्ता पोखरामै बिताउँछन् । खेलाडी तथा पदाधिकारी र प्रशिक्षकहरुसँग उनीहरुको परिवारपनि आउँछन् । उनीहरु पोखराबाट फर्केपछि यहाँको सुन्दरताको बयान गर्छन् । फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्छन् । यसले पोखराप्रति आम मानिसमा आकर्षण जगाउँछ । बिदेशी टीम जापान र क्यामरुनबाट आउँदैछन् । उनीहरु फुटवल मात्रै खेल्दैनन् । यहाँ घुम्छन् र खर्चपनि गर्छन् । उनीहरुले यहाँ देखेका प्राकृतिक दृश्यहरुको आफ्नो देशमा गएर बखान गर्छन् । फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्छन् । यसले पनि पोखरा र समग्र नेपालको ब्राण्डिङ गर्न सघाउँछन् । त्यतिमात्र होइन फुटवल हेर्न हजारौं दर्शकहरु रंगशाला आउँछन् । कतिपय पोखरा बाहिरबाट पनि दर्शकहरु आउँछन् । उनीहरु कोहि पोखरामै बस्छन् । कोहि ४÷५ घण्टा बिताएर फर्कन्छन् । यसलेपनि पोखराको पर्यटन प्रवद्र्धनमा सघाउँछ ।

प्रतियोगिताले फुटवलको जग निर्माणमा कत्तिको सहयोग गर्छ ?

हामीले यो अन्र्तराष्ट्रिय स्तरको प्रतियोगिता गरिरहँदा पोखराका विभिन्न ११ फुटवल क्लवहरुले ग्रास रुट फुटवल सञ्चालन गरिरहेका छन् । उनीहरुले यो प्रतियोगिता नजिकबाट नियाल्न पाउँछन् । यसले उनीहरुलाई स्किल डेभलपमेन्ट गर्न सघाउँछ । स्टार खेलाडीहरुजस्तै आफूलाई पनि खेलाडी बन्नका लागि प्रेरणा प्रदान गर्छ । आयोजकको टीमबाट स्थानिय खेलाडीले पनि अवसर प्राप्त गरेका छन् । यसले पनि खेलाडी उत्पादनमा सघाउँछ । त्यस्तै प्रतियोगितासँगै गाउँ गाउँमा फुटवलको माहोल सृजना हुन्छ । उनीहरुले गाउँमै फुटवल खेल्न शुरु गर्छन् । यसले गर्दा फुटवलको जग बसाल्न र खेलाडीलाई अवसर सृजना गर्न महत्वपूर्ण योगदान दिन्छ भन्ने मलाई विश्वास छ ।

You might also like

Comments are closed.