फुलबारी, भलाम हुँदै बाटुलेचौर सडकको स्तरोन्नति

पोखरा । पोखरा महानगरपालिकाको तीन वटा वडा जोड्ने फुलवारी, भलाम हुँदै बाटुलेचौर सडकको स्तरोन्नति गर्ने कार्य शुरु भएको छ । पोखराको ११ फुलबारीदेखि २० को मुख्य केन्द्र भलाम र वडा नं. १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर सो बाटो प्रदेश सरकारको चार करोड ४० लाख रुपैयाँमा स्तरोन्नति भई रहेको बाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिए ।

पोखरा बजारको बैकल्पिक बाटोको रुपमा लिइएको नाला सहित नौ मिटर चौढाइको सो बाटो फराकीलो बनाउने क्रमसंगै हेमपाई एवम् आवश्यकता अनुसार पर्खाल समेत निर्माण गरिएको उनको भनाई छ । तीन दशक अघि ट्रयाक खोलिएको सो बाटोको स्तरोन्नतिसंगै तीन वटै वडाका जनतालाई पोखरा आवत जावतमा सुविधा पुग्ने बताउँदै उनले निर्माणका क्रममा जग्गा धनीसंग केही विवाद भएपनि आपसी समझदारीका आधारमा समाधान खोजिएको बताए ।

पोखरा २० का वडाध्यक्ष सीम गुरुङले सो निर्माणाधीन बाटोको निरीक्षण गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता व्यक्त गरे । सडक निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विकास निर्माणमा स्थानीय वासिन्दाको रेखदेखले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तीनवटै वडालाई पोखरासंग जोडने बैकल्पिक सो सडक निर्माणसंगै यस क्षेत्रको उत्पादनको बजारीकरण सहित स्थानीयबासिन्दालाई यातायाताको सुविधा पुग्नेमा उनको विश्वास रहेको छ ।

You might also like

Comments are closed.