फेन्सी तथा रेडिमेड व्यवसायीको आयोजनामा रक्तदान तथा भित्तेपात्रो विमोचन

पोखरा, २३ चैत

फेन्सी तथा रेडिमेड  व्यवसायी संघको आयोजनामा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । संघले शनिवार रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको हो ।

कार्यक्रममा ७७ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रम संयोजक नारायणी दवाडीले जानकारी दिईन् । २०७६ सालको भित्तेपात्रो पनि सोही कार्यक्रममा विमोचन गरिएको भित्तेपात्रो संयोजक एकनारायण पनेरुले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पहिलो रक्तदाता सरोज दवाडीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।प्रदिप कुमार मुल्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन यादव प्रसाद पोख्रेलले गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.