फेन्सी तथा रेडिमेड व्यवसायी संघमा मुल्मी

आर्थिक आवाज

पोखरा, ६ माघ । फेन्सी तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा प्रदीपकुमार मुल्मी निर्वाचित भएका छन् । सम्पूर्ण पदमा निर्वाचत भएको थियो । प्रतिस्पर्धी पवित्रमणि पोखरेललाई पराजित गर्दै मुल्मी अध्यक्ष भएका हुन् ।

मुल्मीले २३१ मत ल्याउन पोखरेलको पक्षमा २१५ मत आएको थियो । शनिबार सम्पन्न छैटौं अधिवेशनले प्रथम उपाध्यक्षमा राजु पौडेललाई निर्वाचित गरेको छ । पौडेलकोे पक्षमा २३६ मत आएको छ भने प्रतिस्पर्धी ओम गुरुङको २०७ मत आएको छ ।

jutta mela

द्वितीय उपाध्यक्ष एकनारायण पनेरु २४९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी रामचन्द्र शर्माको १९१ मत आएको छ । महासचिवमा यादव पोखरेल २३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी थमनसिंङ गुरुङको २०७ मत आएको छ । सचिवमा नारायणी दवाडी २३५ मत ल्याएर वियजी भएकी छन् ।

प्रतिस्पर्धी बोधराज सुवेदीको २०७ मत आएको छ । कोषाध्यक्ष नवराज त्रिपाठी २५२ मतसहित विजयी भए । प्रतिस्पर्धी लेखनाथ पौडेलको १९० मत आएको छ । सहकोषाध्यक्षमा राजेन्द्र अधिकारी २५८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मनोजराज रेग्मीको १८६ मत आएको छ । सदस्यमा कुलदिप आचार्य, देवराज लामिछाने, शान्ति थापा, बालहरि बराल, रजनी श्रेष्ठ, रामप्रसाद अधिकारी, राधा श्रेष्ठ, नवराज कोइराला, हरिप्रसाद भट्टराई विजयी भएका छन् ।

You might also like

Comments are closed.