फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । आइतबार मध्यरातिबाट लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलमाप्रति लिटर १÷१ रुपैयाँका दरले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य बृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम भएको छ । दुई साता अगाडि निगमले पेट्रोल, डिजलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको थियो ।

You might also like

Comments are closed.