फेवाको काखमा, सुमधुर गजलको साथमा ओपन हाउसको स्वाद

सुरेन्द्र पौडेल
पोखरा, १८ माघ । पोखराको लेकसाइडस्थित तालवाराहीचोकमा सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ओपन हाउस रेस्ट्रो एण्ड लाउन्ज बार सञ्चालनमा ल्याएको सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए । रेष्ट्रोमा थापासहित सुरेश गुरुङको लगानी छ । पोखराको महेन्द्रपुलमा सञ्चालित ओपन हाउसकै ब्राण्डलाई लेकसाइडमा बिस्तार गरिएको हो ।

रेस्ट्रोमा करिब २ करोड रुपैयाँ लगानी भएको थापाले जानकारी दिए । बिहान ८ बजेदेखि राति ११ बजेसम्म सेवा उपलब्ध हुने उनले बताए । ‘हरेक दिन साँझ सांगीतिक कार्यक्रमको मज्जा ग्राहकले पाउनेछन्,’ उनले भने, ‘साँझ ७ देखि राति ११ बजेसम्म सांगीतिक कार्यक्रम हुन्छ ।’ सांगीतिक कार्यक्रममा नेपाली र हिन्दी गजल मात्रै गाउने व्यवस्था गरिएको छ । ‘ग्राहकको रोजाई अनुसारका जगल गाइन्छ,’ उनले भने ।

अनौपचारिक रुपमा सञ्चालनमा आएको रेस्टुरेन्टको फागुन १ गते ग्राण्ड ओपनिङ हुँदैछ । नेपाली, इन्डियन, चाइनिज, इटालियन तथा कन्टिनेन्टल खानाका परिकारका साथमा पाहुनाको रोजाई अनुसारको खाजा तथा खानाको सुविधा रेस्टुरेन्टमा उपलब्ध रहेको सञ्चालक गुरुङले जानकारी दिए । ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘सफा तथा हाइजेनिक खाना तथा खाजा हामी पाहुनालाई खुवाउँछौं ।’

रेस्टुरेन्टमा १ सय जनाको क्षमता छ । ४० जनालाई प्रत्यक्ष रोजगारी दिइएको सञ्चालक गुरुङले जानकारी दिए । केही समय पछि ३ सय जना क्षमताको रुफटप रेस्टुरेन्ट बिस्तार गरिने उनले बताए ।

You might also like

Comments are closed.