फेवाताल जोगाउन प्रदेश सरकारको चासो, मन्त्रीको संयोजकत्वमा समिति, बढ्ला त तालको आकार ?

आर्थिक आवाज
पोखरा, ९ माघ । पोखराको प्रमुख आकर्षण फेवाताल । पर्यटकको प्रमुख रोजाईमा पर्ने फेवाताल अतिक्रमण हुँदै गएकोप्रति धेरैको चासो र चिन्ता हुँदै आइरहेको छ । यद्यपि, ताल संरक्षणमा खासै प्रगति भने भएको देखिदैन । यतिबेला भने फेवाताल संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो दिएको छ ।

ताल अतिक्रमण गरी बनाइएका संरक्षना भत्काउन सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा ११ ‘एक्सन कमिटि’ गठन गरेको छ ।

समितिमा प्रदेश सांसद रामजी बराल जीवन, कृष्णबहादुर थापा, राजीव पहारी, विन्दुकुमार थापा, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य छन् ।

You might also like

Comments are closed.