फेवाताल संरक्षण मा चासो

पोखरा, २६ बैशाख ।

पोखराको पर्यटकिय गन्तव्य फेवातालको संरक्षणमा सरोकारवालहरुले चासो दिएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले पोखराको पर्यटन प्रर्वद्धनको लागि फेवातालको संरक्षण अनिवार्य रहेको बताए । लायन्स क्लव अफ पोखरा गार्डेन सिटीले फेवाताल संरक्षण तथा सरसफाई सम्वन्धी परिसम्वाद कार्यक्रम बुधवार हो । फेवातालको विचमा डुङ्गामा सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री विकास लम्सालले फेवाताल संरक्षणमा सरकारले चासो दिने बताए । यस सगै पर्यटकिय गन्तव्य पहिचान गरी संरक्षण गर्नेमा उनले जोड दिए । २०२२ मा २५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको र यसको प्रचार प्रसारको लागि देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । नेपाल तथा पोखरा आउने पर्यटकको तथ्याङ पनि संस्था अनुशार फरक पाईने गरेको छ, उनले भने यसलाई व्यवस्थित गर्न हामी लाग्नेछौ ।

लायन्स क्लव का मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीले प्राकृतिक स्रोतको संरक्षण गर्नू सवैको दायित्व रहेको बताए । उनले भने सवैले आफ्नो तरिकाले फेवाताल लगायत प्रकृतिक स्रोतको संरक्षणमा पहल गनु आवस्यक छ ।

 

लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका गर्भनर धनराज आचार्यले लायन्सले शिक्षा, स्वास्थ र पर्यावरणको क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे । फेवाताल संरक्षणको लागि आफ्नो क्षेत्रबाट काम गर्न तयार रहेका छौ, उनले भने हामी सफ्टवयरको रुपमा काम गर्नेछौ ।

कार्यक्रममा प्राध्यापक कृष्ण के.सीले फेवातालको ईतिहास तथा हालको अवस्थाको वारेमा जानकारी गराएका थिए । ताल फोहर भएको तथा पुरिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । अहिलेकै अवस्थामा रहने हो भने अवको १ सय ५० बर्षमा फेवाताल हराउनेछ, उनले भने । तालमा विभिन्न खालका प्रदुषण भएका कारण त्यहा रहेका जलिय जनावरको अस्तित्व पनि संकटमा रहेको उनले बताए ।

 

त्यसै गरी प्राध्यापक डाक्टर भरतराज पहारीले ताल तथा यस आसपासको क्षेत्रलाई धार्मिक रुपमा जोडे । युद्ध क्षेत्र नभई तपोवनको रुपमा यस क्षेत्रलाई उल्लेख गरिएको छ , उनले भने । जीवलनाई सरल, सहज र सम्वृद्ध बनाउन तर्फ लाग्नुपर्ने र विकासलाई सापेक्षिक रुपमा हेनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा २०३५ सालदेखी निरन्तरण डुङ्गा चलाउदै आएका व्यवसायी ७७ बर्षिय राम बहादुर थापाले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा पढाऔ अभियालाई सफल पार्नको लागि ८ लाख रुपैया बरावरको चेक पनि हस्तान्तरण गरिएको छ । कार्यक्रम क्लवका अध्यक्ष वैकुण्ठप्रसाद पौडेलको अध्यक्षतामा भएको हो ।

You might also like

Comments are closed.