फेवाबजारको छैटौं आउटलेट बेनीमा खुल्यो

पोखरा, २२ माघ

अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले छैटौं आउटलेट म्याग्दी बिस्तार गरेको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अनलाईन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो छैटौं आउटलेट म्याग्दीको बेनीमा खोलेको हो । यसअघी फेवाबजार डटकमले पोखराको दीप चोकमा मूख्य आउटलेट खोलेको थियो भने पोखराको लेखनाथ, बागलुङ, तनहुँको दुलेगौंडा र डुम्रेमा आटलेट खोलिसकेको छ ।

फेवा बजार डटकमले सानो भन्दा सानो सामानदेखी लाखौं रुपैयाँ पर्नेसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो । क्यास अन डेलिभरीमार्फत सेवा शुरु गरेको फेवा बजारले माघ महिनादेखी प्वाइन्ट अफ सेल मेसिनको डेबिट÷क्रेडिट तथा अन्र्तराष्ट्रिय कार्डमार्फत भुक्तानी गर्न सकिने सुविधासमेत ग्राहकका लागि ल्याएको छ ।

jutta mela

यस बजारले ईलेक्ट्रोनिक्स (एसी, टिभी, ल्यापटप, हिटर, मोवाइल, फ्रिज, इलेक्ट्रिकल्स (, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, लगेज ट्राभल गियरलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउने गर्दछ ।

फेवाबजार डटकमले हरेक महिनाको ५ गतेदेखी १७ गतेसम्म छुट अफर दिने गरेको छ । माघ महिनाको स्किममा विभिन्न सामानहरुमा ३० प्रतिशतसम्म छुट दिनुका साथै लक्की ड्रबाट स्क्रयाच कार्ड तथा गिफ्ट ह्याम्परहरु ग्राहकलाई दिदै आएको छ । फेवा बजारले प्राप्त आम्दानीको केहि अंश सामाजिक कार्यमा लगाउने घोषणा गरिसकेको छ ।

You might also like

Comments are closed.